Logo
२७ पुस २०८१, शनिबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउने विभागको तयारी

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पर्साको अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि सरकारले ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो ।

अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेको भन्दै विभागका अधिकारीहरुले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो र थिएन भन्ने स्पष्ट हुने बताउँछन् ।

हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ । त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ । स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि बजेट दिने गरेको छ । तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भएको छैन ।

यसैबीच, रामको जन्मस्थलको बारेका ओलीले दिएको अभिव्यक्तिलाई पर्साका ठोरीवासीले भने स्वागत गरेका छन् । भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले मर्यादा पुरुषोत्तम रामको जन्म पर्साको ठोरीमा भएको बताएपछि ठोरीबासी खुसी भएका हुन् ।

उनीहरुले रामको जन्म ठोरीमा भएको सरकारलाई जानकारी हुँदासमेत यो ठाउँ ओझेलमा परेको गुनासो गरेका छन् । उनीहरुले राज्य स्तरबाट ओझेलमा परेको ऐतिहासिक एवं धाार्मिक पर्यटकीयस्थल ठोरी अन्तराष्ट्रियस्तरमा प्रचार भएको भन्दै यसको धार्मिक तथा पर्यटकीय विकासको लागि सरकारको ध्यानकर्षण गराउने भएका छन् ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्