Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राम र अयोध्याको विषयमा दिएको प्रधानमन्त्रीको अभिव्यक्ति मुर्खतापूर्ण : भिम रावल

पछिल्लो समयमा केपी ओलीले राम र अयोध्याका विषयमा दिएको अभिव्यक्तिलाई सर्वत्र विरोध भइरहेको अवस्थामा नेकपा नेता भिम रावलले पनि ओलीको भनाई असान्दर्भिक र मुर्खतापूर्ण भएको बताएका छन् ।

प्रधानमन्त्रीको तहबाट यस्तो समयमा यस्ता असान्द्रभिक र तथ्य समेत नभएका विषयहरु आएर विवाद सिर्जना गर्नु जनमतको अपमान र पार्टीका लागि समेत घातक भएको रावलले बताए ।

अहिले जारी भएको नेपालको नयाँ नक्सा र भारत सरकारले बनाएका तटबन्धका विषयमा गम्भिरतापूर्वक वार्ताको थालनी गर्नुपर्ने समयमा अयोध्या कहाँ थियो र राम कहाँ जन्मिए भन्ने विषयलाई विवादका रुपमा प्रधानमन्त्रीले ल्याउनु असान्दर्भिक र गैरजिम्मेवारीपूर्ण भएको उनको भनाई छ ।

उनले देशको तत्कालिन आवश्यकता र दुइतिहाई नजिक सरकारले गर्नुपर्ने काम सीमा फिर्ता र भारतले बनाएका तटबन्धका विषयहरु सुल्झाउनुपर्ने भएपनि प्रधानमन्त्रीकै कारण सम्बन्धमा सुधार आउनुको सट्टा झन विग्रन पुगेको टिप्पणी गरे ।

रावलले भने,”अहिले रामको सम्बन्ध उठाउने समय थिएन । सीमाका कुरा, १९५० को सन्धीका कुरा गर्दै नगर्ने । कालापानी लिम्पियाधुरा र तराइबाट ध्यान भड्काउने । पार्टीको विरोधबाट भाग्नको लागि प्रधानमन्त्रीले यस्तो असान्र्दभिक विवाद निकाल्नु भयो । भारतसँग वार्ता अब कसरी गर्ने भन्ने बारेमा र जनताका तत्कालिन समस्याहरु बारे नबोल्ने । ध्यान नदिने । बास्तविक समस्याबाट भाग्न खोज्ने । प्रधानमन्त्रीले मनलाग्दी बोल्ने, अनि पराराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्नुपर्नेरु प्रधानमन्त्री कार्यलय बोल्नुपदैन?”

रावलले आफु गृहमन्त्री हुँदा नेपाल-भारत सम्बन्धका विषयमा बनाएका र गरेका जति काम अहिलका प्रधामन्त्रीले गर्न नसकेको दावी गरे ।

उनले भारतसँग तत्कालिन सरकारले गरेका विषयहरु स्थायी कमिटीको बैठकमा उठाए आफु जवाफ दिन तयार रहेको भन्दै देशभन्दा पार्टी ठूलो र पार्टी भन्दा व्यक्ति ठूलो भन्ने भ्रमबाट ओली मुक्त हुन नसक्दा अव पार्टी गम्भिर बन्नुपर्ने अवस्था आएको धारणा राखे ।

प्रधानमन्त्रीको बोलीमा लगाम लगाउनु पर्ने अवस्था आएकाले । विधि विधान अनुसार जानुपर्छ । पार्टीका कमिटीमा छलफल गरौ । कोरोनाबा बेला भएका भ्रष्टाचारलाई कारवाही नगर्ने । ओली सर्वशक्तिमान भएर नेपालमा बस्न सक्नुहुन्छरु बैठकमा नआउने ।

यस्तो विषयमा विचार गर्नुपर्छ । मैले यस्तो प्रमाण भेटेको छु के गर्ने भनेर सोध्नुपदैन ।म पनि महाधिवेशनबाट उपाध्यक्ष भएको हुँ । इश्वर पोखरेलको खैरु । हामीसँग अनेकौ विकल्प छ । अख्तियारले हेर्नुपर्छ र कारवाही गर्नुपर्छ ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्