Logo
१४ मंसिर २०८१, शुक्रबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले हङकङसँगको विशेष व्यापारिकसहितको सम्बन्ध अन्त्य गर्ने

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा हङकङसँगको विशेष व्यापारिकसहितको सम्बन्ध अन्त्य गर्ने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

अमेरिकाले हङकङसँगको सम्बन्धमा स्थापित गर्दै आएको विशेष दर्जा अन्त्य गर्ने सम्बन्धी प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन् ।

चीनले हङकङको स्वतन्त्रता सीमित पार्नका लागि नयाँ सुरक्षा कानून ल्याएको तथा अरु पनि कडा व्यवहार गरेकाले अमेरिकाले हङकङसँगको विशेष व्यापारिकसहितको सम्बन्ध अन्त्य गर्ने भएको हो।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हङकङसँग पनि अब चीनसँग जस्तै व्यवहार हुनेछ । विशेष सम्बन्धको दर्ता अन्त्य भयो ।’

यस्तै हङकङको अधिकार सीमित गरेकोमा चीनमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा पनि आफूले हस्ताक्षर गरेको ट्रम्पले बताएका छन् ।

ट्रम्पले भने, ‘अब कुनै विशेषाधिकार हुने छैन, कुनै विशेष आर्थिक व्यहार रहने छैन र संवेदनशील प्रविधिको निर्यात पनि हुने छैन ।’

हङकङ चीनको हिस्सा भएर पनि स्वायत्त छ । तर पछिल्लो समय चीनले हङकङको स्वतन्त्रता तथा स्वायत्तता कुण्ठित गरेको अभियोग लाग्दै आएको छ ।

 

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्