Logo
५ आश्विन २०८१, शनिबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षाका उपसचिवको अवैध कमाइ साढे ४ करोड


शिक्षा सेवाका उपसचिव मनप्रसाद रेग्मीले साढे ४ करोड रुपैयाँ अवैध रुपमा आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै आरोपपत्रबारे जानकारी गराएका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव पदमा कार्यरत रेग्मीविरुद्ध बिगो ४ करोड ५४ लाख ३३ हजार ६९८ रुपैयाँ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोरपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उपसचिव रेग्मीले अवैध कमाइबाट आर्जित सम्पत्ति पत्नी र छोरीको नाममा समेत दर्ता गरेकाले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि दुवैलाई समेत प्रतिवादी कायम गरिएको छ ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्