Logo
५ आश्विन २०८१, शनिबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको शासनसत्ता सडकबाटै ढलाईदिने भारतीय सन्तहरुको चेतावनी

केपी शर्मा ओलीको शासनसत्ता सडकबाट एकमहीना भित्रै ढलाईदिने भारतीय सन्तहरुले चेतावनी दिएका छन ।

राम नेपालको अयोध्यामा जन्मिएको र भारतले सांस्कृतिक अतिक्रमण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्तीप्रति कडा विरोध गर्दै भारतीय सन्त महन्थहरुको संस्था अखिल भारतीय आखडा परिषदले उक्त चेतावनी दिएको हो ।

प्रधानमन्त्री ओलीले सोमवार भानु जयन्तीका अवसरमा बालुवाटारमा राम भारतमा नभई नेपालमा जन्मिएको र भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको बताएका थिए । यो बयानको विरोधमा परिषदले सडक प्रदर्शनको घोषणा गरेको हो ।

परिषदका प्रमुख महन्थ नरेन्द्र गिरीले भोलि बुधवारदेखि नेपालमा आफ्ना अनुयायी सडकमा उत्रिने बताए ।

राजनीतिक दाउपेचका लागि विवादित अभिव्यक्ति दिने ओलीलाई एक महिनाभित्र प्रधानमन्त्रीको कुर्सीबाट हटाउने उनले चेतावनी दिए । उनले नेपाल पहिले हिन्दु राष्ट्र रहेको र कम्युनिस्ट तथा माओवादी शासनमा आएपछि सबै कुरा बिग्रिएको आरोप लगाए।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्