Logo
५ आश्विन २०८१, शनिबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टायता थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार ६१ पुगे संक्रमित

विगत २४ घण्टायता नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ।

मंगलबार थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १० हजार ३ सय २८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६० दशमलव ५३ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मंगलबार ४ हजार ३६१ जनाको कोरोनाको परीक्षण भएको र हाल २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। हाल ६ हजार ६ सय ९५ जनाको कोरोना उपचार भइरहेको छ। हालसम्म नेपालमा ३८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्