Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची अपडेट : घाईते दुई जनालाई हेलिकप्टरबाट काठमाण्डौं ल्याईयो

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ अम्बाथानको गेट फुटेर पानी बाहिर आउदा घाईते भएका २ जनालाइ हेलिकप्टर मार्फत धापासी स्थित ग्राण्डी अस्पताल ल्याईएको छ ।

केही दिन अघिमात्रै सुरुङमा पानी राखेर  परिक्षण गरेको उक्त आयोजनाको मुख्य सुरुङ अम्बाथानको गेट फुट्दा सुरुङ भित्रको पानी बाहिर आउँदा २ पुरुष घाईते र अर्का २ पुरुष बेपत्ता भएका छन् भने एउटा स्कारपियो बगाएको छ ।

बेपत्त हुनेमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका छन् ।

हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ । बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्