Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची आयोजनाको मुख्य सुरुङ फुट्दा २ पुरुषसहित एउटा स्कारपियो बगायो

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् ।

केही दिन अघिमात्रै केही दिन अघिमात्रै सुरुङमा पानी राखेर  परिक्षण गरेको उक्त आयोजनाको मुख्य सुरुङ अम्बाथानको गेट फुट्दा सुरुङ भित्रको पानी बाहिर आएर २ पुरुषसहित एउटा स्कारपियो बगाएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।

बेपत्त हुनेमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका छन् । हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ ।

परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो । उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ । बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ । थप विवरण आउन बाँकी ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्