Logo
५ आश्विन २०८१, शनिबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ दिनपछि बालुवाटारमा ओली-दाहालबीच भेटवार्ता

नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ ।

चितवनबाट फर्केपछि प्रचण्ड पार्टीको विवादबारे छलफल गर्न बालुवाटार पुगेका थिए । बालुवाटारमा ओली दाहालबीचको वार्ता भर्खरै सकिए पनि उनीहरुबीच के कुराकानी भयो भन्ने खुलेको छैन ।

यसअघि लगातार भएका वार्ता उपलब्धीबिहिन भएपछि पार्टीको स्थायी कमिटि बैठक लगातार स्थगित हुँदै आएको थियो । प्रचण्ड–नेपाल र ओली पक्षको शक्ति संघर्षका कारण पार्टी फुटको संघारमा पुगेका बेला पछिल्लो पाँच दिन दुई अध्यक्षबिच छलफल नै भएन ।

पार्टी भित्रको कलह त्यसै छोडेर प्रचण्ड शनिबार गृहजिल्ला चितवन पुगेका थिए। उनी त्यहाँका विभिन्न क्षेत्रको अवलोकन र भेटपछि सोमबार काठमाडौँ फर्किएपछि मंगलबार ओली–प्रचण्ड वार्ता भएको हो ।

ओली र प्रचण्डबिच अहिलेसम्म भएका वार्ताले निकाश निकाल्न सकेको छैन । ओलीले दुवै पद छोड्नु पर्ने पक्षमा प्रचण्ड–नेपाल समूह छ । तर ओली भने कुनै पनि हालतमा दुवै पद नछोड्ने अडानमा छन् ।

पार्टीको दोस्रो तहका नेताहरु विवाद समाधानका लागि आफूहरु प्रयासरत रहेको र शीर्ष नेतालाई दबाब दिइरहेको बताउँछन् ।

यस्तै युवा नेताहरुले पार्टी विधान र नीति अनुसार चल्नु पर्ने बताउँदै आएका छन् । स्थायी कमिटि बैठक साउन २ गतेसम्मका लागि स्थगित छ । त्यसअघि सहमति खोज्ने जिम्मा शीर्ष नेतामा रहेको नेकपाले जनाएको छ ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्