Logo
१४ मंसिर २०८१, शुक्रबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाविरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने WHO को चेतावनी

विश्व माहामारीकोरुपमा फैलिएको कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्थामा थप खराब हुने विश्व स्वास्थ्य संगठनका निर्देशक डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले चेतावनी दिएको छ ।

संगठनका निर्देशक डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने चेतावनी दिएका हुन् ।

उनले नेताहरुका मिश्रित सन्देशले विभिन्न देशका नागरिक अलमलमा परेका पनि दावी गरेका छन् ।कोरोना भाइरस शत्रुका रुपमा भए पनि विभिन्न देशका सरकार र सर्वसाधारणले गरेको हेलचेक्राईंले यो नदेखाएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

यस्तै सावधानी नअपनाइएका देशमा कोरोनाको सङ्क्रमण बढिरहेको पनि गेब्रिसियसको भनाई छ ।कोरोना फैलिन नदिन व्यक्तिगत दूरी, हात धोइरहनु र मास्क लगाउनु अनिवार्य भए पनि धेरै देशका सरकार र नागरिकले यसलाई बेवास्ता गरेको उनले बताए ।

अमेरिकी देशहरु अझै पनि कोरोना सङ्क्रमणको केन्द्रमा रहेको पनि गेब्रिसियसले बताए ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्