Logo
५ आश्विन २०८१, शनिबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली मिडियाबाट जिम्मेवारी सिक्न भारतीय मिडियालाई शेखर कोइरालाको सुझाव

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले मिडियाको जिम्मेवारी के हो भन्ने नेपाली मिडियाबाट भारतले सिक्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भारतीय मिडियाले आपत्तीजनक सामग्री प्रसारण गरिरहेका बेला नेता कोइरालाले यस्तो धारणा राखेका हुन ।

भारतीय मिडियाले दुई देशको सम्बन्धमा आँच आउने सामग्री प्रसारण गरेको डा. कोइरालाको निष्कर्ष छ । ‘केही भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामग्री प्रसारण गर्नु दुःखद् कुरा हो’ उनले ट्विटरमा लेखेका छन्, ‘मिडियाको जिम्मेवारी उनीहरूले नेपालबाट सिक्नुपर्ने देखिन्छ ।’

भारतीय सञ्चार माध्यमले नेपाल र नेपाली नेतृत्वको विषयमा झुटा र उच्छृंखल सामग्री प्रसारण गरेपछि नेपालले ‘प्रोटेस्ट नोट’ पठाईसकेको छ ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्