Logo
५ आश्विन २०८१, शनिबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले आफ्नो रक्षाका लागि बाँध बनाएर नेपालको हितमा धक्का दियो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले भारतले आफ्नो रक्षाका लागि बाँध र तटबन्ध बनाएर नेपालको राष्ट्रिय हितमा धक्का दिएको बताएका छन् ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा आइतबार बाढी-पहिरोको क्षति र नियन्त्रणबारे भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । भारतले समानान्तर रूपमा बाँध बनाउँदा हरेक वर्ष नेपालको तराई क्षेत्र डुबान हुने गरेको गृहमन्‍त्री थापाको भनाइ थियो ।

उनले नेपालमा भारतले बनाएको बाँधका कारण डुबान नहोस् भनेर सरकारले पहल गरेको बताए । ‘‘भारतले बनाएको बाँधबाट निकास दिनुपर्‍यो नि । आफ्नो रक्षाका लागि बाँध बनाए पनि नेपालको राष्ट्रिय हितमा धक्का हो,’’ उनले भने, ‘‘पहल गरेका छौं तर, सार्थक देखिएको छैन । भारतीय प्रधानमन्त्री आउँदा यसबारे छलफल भएको छ। तर, कार्यान्वयन गरेका छैनन् । त्यसले गर्दा पनि समस्या भएको छ ।’

नेपाललाई डुबानबाट बचाउन भारतले निकास दिनुपर्ने र त्यसका लागि सरकारले पहल गर्ने उनले बताए ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्