Logo
५ आश्विन २०८१, शनिबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक वर्षको सुरुबाटै ‘क्लिन फिड’ लागू गर्न सरकारलाई दबाव

आर्थिक वर्षको सुरुबाटै ‘क्लिन फिड’ लागू गर्न सरकारलाई दबाव पर्न थालेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले क्लिन फिड कार्यान्वयनमा गरिरहेको ढिलाइले टेलिभिजन हेर्ने दर्शकहरुको विज्ञापन रहित विदेशी च्यानल हेर्ने अधिकार खोसिएको भन्दै सरकारलाई दबाव दिन लागिको हो ।

आइतबार मात्रै नेपाल मिडिया सोसाइटीले मन्त्री डा. युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले क्लिन फिड साउनबाट नै लागु गर्न ध्यानाकर्षण गरायो ।

सबै सेवा प्रदायकहरु क्लिन फिडका लागि मानसिक रुपमा तयार भएकाले तीन महिना पर्खिनुभन्दा आर्थिक वर्षको सुरुबाटै लागु गर्न कुनै समस्या नहुने सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले बताए ।

आर्थिक वर्षको सुरुवातबाट नै विज्ञापन रहित विदेशी च्यानल हुनुपर्ने उनले बताए । विज्ञापनरहित बनाएर कसरी दिने/नदिने भन्ने कुरा सरकारको चिन्ताको विषय नभएको उनको भनाई छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सरकार प्रवक्ता समेत रहेका मन्त्री डा. खतिवडाले यो विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताए । कानुनतः कार्तिक ८ गतेबाट लागु हुने भएपनि सरकारका कुनै प्रशासनिक निणयबाट छिटो गर्न सकिन्छ की भन्ने विषयमा मन्त्रालय गृहकार्यमा जुटिरहेको उनको भनाई छ ।

कार्तिक भन्दा अगाडी नै क्लिन फिडमा जान सकिने अवस्था भएमा छिट्टै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गर्न सकिन्छ की भन्ने विषयमा पनि गृहकार्य जारी रहेको उनले बताए ।

क्लिन फिडका लागि सरकारले कानून निर्माण गरिसकेको छ ।

त्यसो त, केही समययता नेपाल र नेपाली नेताहरुबिरुद्ध जथाभावी प्रचारबाजी गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द भैसकेका छन ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको एमएसओका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्