Logo
५ आश्विन २०८१, शनिबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी वर्ष ६ महानगरपालिकाले ३८ अर्ब ८१ करोड बजेट खर्चिदै

आर्थिक वर्ष २०७७-०७८ का लागि ६ वटै महानगरपालिकाले वार्षिक कुल बजेट ३८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

यसमा सबैभन्दा बढी बजेट काठमाडौं महानगरपालिकाको १६ अर्ब ४२ करोड ७३ लाख, ललितपुर महानगरपालिकाको ४ अर्ब ७९ करोड १५ लाख, विराटनगर महानगरपालिकाको ३ अर्ब ३७ करोड ८१ लाख, वीरगन्ज महानगरपालिकाको ३ अर्ब ८६ करोड ५१ लाख, भरतपुर महानगरपालिकाको ४ अर्ब १५ करोड ६४ लाख र पोखरा महानगरपालिकाको ६ अर्ब १९ करोड ७१ लाख वार्षिक बजेट विनियोजन गरिएको छ ।

यी महानगरपालिकाहरूमध्ये बजेटमा सबैभन्दा बढी काठमाडौं महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाको बजेट छ । जबकि काठमाडौं महानगरपालिकाको १६ अर्ब ४२ करोड ७३ लाख रहेको छ भने सबैभन्दा कम बजेट विराटनगर महानगरपालिकाको ३ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

त्यसै गरी आर्थिक वर्ष २०७७-०७८ मा ६ वटा महानगरपालिकाको वार्षिक कुल बजेटलाई बाँडफाँड गर्दा प्रतिशतको आधारमा अवलोकन गर्ने हो भने काठमाडौं ४२ दशमलव ३२, ललितपुर १२ दशमलव ३४, विराटनगर ८ दशमलव ७०, वीरगन्ज ९ दशमलव ९६, भरतपुर १० दशमलव ७१ र पोखरा महानगरपालिकाको १५ दशमलव ९७ प्रतिशत रहेको उल्लेखित तालिकाबाट स्पष्ट हुन्छ ।

मूलतः सबै प्रदेशको कुल बजेट २ खर्ब ६४ अर्ब ९ करोड रुपैयाँ छ । यसअघि सङ्घीय सरकारले १४ खर्ब ७५ अर्बको बजेट ल्याइसकेकाले सङ्घीय र प्रदेश सरकारको कुल बजेट १७ खर्ब ३९ अर्ब पुगेको छ । यसर्थ संविधानले तीनै तहका सरकारलाई तिनका अधिकार क्षेत्रका विषयमा कानुन र वार्षिक बजेट बनाउने, नीति तथा योजना तयार पार्ने र कार्यान्वयन गर्ने अधिकार दिएको छ ।

यहीबमोजिम संघले पछिल्लो बजेट जेठ १५ मा प्रस्तुत गरेको थियो, जुन पाससमेत भइसकेको अवस्था छ । कारोबारका अनुसार नेपाल सरकारको संवैधानिक प्रावधानअनुसार स्थानीय तहले असार १० भित्र वार्षिक कार्यक्रम र बजेट पेस गरिसक्नुपर्ने व्यवस्थाअनुरूप अधिकांश गाउँपालिका तथा नगरपालिकाहरूले बजेट पेस गरेका छन् ।

संघीय सरकारले जेठ १५ मा र प्रदेश सरकारले असार १ गते संसद् बजेट पेस गरिसकेपछि स्थानीय सरकारले पनि आफ्नो स्रोत र प्राथमिकता पहिचान गर्न सहज हुन्छ । असारभित्रै सबै नीतिगत काम सकेर साउनबाट कार्यक्रम र योजनाहरू कार्यान्वयनमा लाँदा वार्षिक लक्ष्य भेट्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्