Logo
५ आश्विन २०८१, शनिबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेड युनियन काँग्रेस पाँच महीनादेखि अवैधानिक !

नेपाली काँग्रेस पार्टीको सबैभन्दा ठूलो शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेस पाँच महीनादेखि अवैधानिक बन्न पुगेको छ ।

नियमानुसार २०७७ फागुन ३ अघावै ट्रेड युनियन काँग्रेस नविकरण गराउनुपर्ने भएपनि पुष्कर आचार्य नेतृत्वको महासंघको कार्यसमितिले समयमै नविकरण नगराउँदा संस्था अवैधानिक बन्न पुगेको हो ।

श्रम विभागका सुचना अधिकारी एवं नविकरण शाखाका कैलाश निरौलाले समय सीमा भित्र ट्रेड युनियन काँग्रेसले नविकरण गर्न नआएका कारण नविकारण हुने अवस्था नरहेको बताएका छन ।

ट्रेड युनियन कांग्रेसले नविकरण सकिएको ३४ दिनपछि निवेदन आएको र त्यसले अर्थ नराख्ने निरौलाको भनाई छ । पाँच महीनासम्म संस्था नविकरण नहुनुलाई ट्रेड युनियन काँग्रेस नेतृत्वले भने सामान्य रुपमा लिएको छ ।

संस्थाका महासचिव योगेन्द्र कुँवरले श्रम विभागमा संस्था नविकरणका लागि आफूहरुले प्रक्रिया अघि बढाएको बताए ।

समयसिमा भित्र नविकरणका लागि निवेदन दिन नसिकएपनि हालचालै दिएको निवेदनमा सुनुबाई हुनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईँले फागुनको अन्त्यमा आफूलाई पार्टीले विभागिय जिम्मेवारी दिएको बताउँदै लामो लकडाउनका कारण त्यसबारे जानकारी लिन नसकेको बताए ।

उनले पार्टी, ट्रेड युनियन विधान, सरकारी ऐन कानूनको अध्ययन गरेर आवश्यक कारबाही अघि बढाउने बताए । पुष्कर आचार्यले नै अहिले ९ ओटा महासंघहरुको छाता महासघ ट्रेड युनियन कोडिनेशन कमिटी (जेटियूसिसि( का अध्यक्ष पनि रहेका छन ।

ट्रेड युनियन काँग्रेस अवैधानिक भएसँगै उनको जेटियूसिसिको नेतृत्वमाथि पनि प्रश्न उठेको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले महासंघहरुको छाता जेटियूसिसिको समेत ट्रेड युनियन काँग्रेसका अध्यक्ष स्वयंमले गरेकाले एकबर्ष भित्र संस्था नविकरण नभए जेटियूसिसिको विधान अनुसार ट्रेड युनियन काँग्रेस जेटियूसिसिबाट हट्ने बताएका छन ।

उनका अनुसार त्यसपछि आचार्यले जेटियूसिसिको नेतृत्व गर्न समेत पाउनेछैनन ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्