Logo
५ आश्विन २०८१, शनिबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्धनको मूल्य वृद्धि विरुद्ध नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध नेपाली कांग्रेस सम्बद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । नेविसंघका विद्यार्थी नेताहरुले बबरमहलमा आइतबार प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’ सहितका नारा लगाएर बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले निगमको कार्यालय घेराउ गरी नारा लगाएका हुन् ।

सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सर्वसाधारण जनता मारमा परेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुको माग छ ।

सरकारले पछिल्लो पटक शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ छ ।

कोरोना भाइरसको संक्रमण काठमाडौँ उपत्यकामा पछिल्लो समय बढी देखिएको भन्दै जोखिम रहेकाले सचेतता अपनाउन विज्ञले आग्रह गरिरहेका छन् । तर विभिन्न पक्ष र समूहले दिनहूँ जसो प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

प्रधामन्त्री ओलीको समर्थनमा हुँदै गरेको प्रदर्शनपछि अब नेविसंघले मूल्य वृद्धिको विरोधमा आन्दोलन थालेको हो । नेविसंघका आन्दोलनकारीले मास्क लगाएको भए पनि सामाजिक दूरी कामय भएको छैन । यस्तै मास्क लगाएकाहरुले पनि मुखमा नभई च्यापुमा झारेको देखिन्थ्यो ।

असार २८, २०७७ मा प्रकाशित

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्