Logo
५ आश्विन २०८१, शनिबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकमा एकैपटक २६ जना कर्मचारीको जिम्मेवारी हेरफेर

नेपाल राष्ट्रमा एकैपटक प्रथम तहका २६ जना कर्मचारीको जिम्मेवारी फेरिएको छ । राष्ट्र बैंकको हालैको निर्णय अनुसार निर्देशक तहका ती कर्मचारीहरुको सरुवा र पदस्थापन गरिएको हो ।

त्यसमध्ये २३ जनाको सरुवा गरिएको हो । ३ जना भने उपनिर्देशक तहबाट बढुवा भएकालाई पदस्थापन गरिएको हो । ती सबैलाई साउन १ गतेभित्र सम्बन्धित कार्यक्षेत्रमा हाजिर भइसक्न भनिएको छ ।

राष्ट्र बैंकमा प्रथम तहका लागि ४७ जनाको दरबन्दी छ । त्यसमध्ये ४१ जना निर्देशक पदमा रहेकोमा बुधबारमात्रै थप ३ जनालाई निर्देशक पदमा बढुवा गरिएको छ । बाँकी ३ जनाले भने निमित्त निर्देशकको जिम्मेवारीमा छन् ।

त्यसमध्ये आधा भन्दा बढीलाई एकैपटक सरुवा गरिएको हो । तर त्यस्तो सरुवा कार्यक्षमता वा अवसरको आधारमा भन्दा पनि पार्टीगत निकटताको आधारमा तय गरिएका छन् । शक्तिशाली र महत्पवूर्ण भनिएका पदहरुमा छानीछानी निटकहरुलाई ल्याइएको छ । क्षमतावान र तटस्थहरुलाई भूमिकाविहिन बनाइएको छ ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्