Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा पून: सलहको जोखिम, पूर्वतयारी थाल्न केन्द्रको अपील

काठमाडौं : नेपालमा पून: सलहको जोखिम बढ्ने अनुमान गरिएको छ । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेसँगै नेपालमा पून सलहको जोखिम बढ्ने देखिएको हो ।

राजस्थानबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ बढेकोले नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ । भारतको सीतापुर तथा साहजाहाँपुर क्षेत्रतर्फ अघि बढ्ने अनुमान गरिएको सलहको उक्त झुण्ड हावाको वहावसंगै नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको प्लान्ट क्वरिन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र अन्र्तगत रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए ।

राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले बताएको छ । त्यसैले सीमावर्ती नेपाली क्षेत्रमा सतकर्ता अपनाउन आग्रह गरिएको छ ।

तराई तथा भित्री मधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न सबै सरोकारवालाहरुलाई केन्द्रले भनेको छ ।

सलह अध्ययन गर्ने प्लान्ट भिलेज तथा संयुक्त राष्ट्रसंघ अन्र्तगतको खाद्य तथा कृषि कार्यक्रमले केन्द्रलाई उपलब्ध गराएको सलहको मूभमेन्ट सम्बन्धी जानकारीमा सो कुरा उल्लेख भएको केन्द्र प्रमुख सुवेदीले जानकारी दिए ।

यसअघि असार १३ मा अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै भारतबाट नेपाल भित्रिएको सलह केन्द्रका अनुसार साना तथा ठूला समूह गरी ५२ जिल्लामा सलह देखिएको थियो । प्रायः जिल्लामा छरिएरका स-साना झुन्ड रहेकाले उल्लेख्य क्षति नभएको केन्द्रले जनाएको थियो ।

 

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्