एमसीसी पास गर्न सहयोग गरे नेकपाको मुख्य जिम्मेवारी प्रचण्डलाई दिने प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टीमा यतिबेला आन्तरीक विवाद चलिरहेको अवस्थामा एमसीसी पास गर्न सहयोग गरे पार्टीको मुख्य जिम्मेवारी प्रचण्डलाई दिने प्रस्ताव राखेका छन् ।
विश्वस्त स्रोतका अनुसार ओली पक्षले पार्टी नेतृत्व प्रचण्डले लिनेगरी सहमति निकाल्न सकिने तर त्यसका लागि एमसीसी पारित गर्न सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीमा एक व्यक्ति एक पद गरेर सहमतिको बिन्दु तयार गर्ने प्रयास भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद नछाड्ने अडान लिइरहँदा सहमतिका लागि बीचको बाटोको खाजी भइरहँदा त्यस्तो प्रयास भइरहेको हो ।
ओलीनिकटस्थ स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेल बिहिबार साँझ प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले ओलीका तर्फबाट सहमतिको बटमलाइनबारे छलफल गरे ।
ओली र प्रचण्ड दुवै अध्यक्ष रहेपनि पार्टी चलाउने मुख्य अधिकार प्रचण्डलाई दिने उनीहरुको प्रस्ताव थियो ।ओली पक्षधरले सरकार भने कुनै हालतमा नछाड्ने अडान कसेको छ ।
प्रचण्डले भने बटमलाइन नै सरकार छाड्नुपर्ने भन्दै पार्टी स्थायी कमिटीको निर्णय अनुसार चल्नुपर्ने अडान राखेका छन् । दुवै पक्षको आ आफ्नो अडानले कुरा मिल्न सकेको छैन ।