Logo
३ माघ २०८१, बिहीबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको विवादबीच नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटघाट (कसलाई कहिले भेटिन्?)

सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चलिरहेको बेला भेटघाट श्रृंखला सुरु गरेकी चिनियाँ राजदुत होउ यान्छीले बिहीबार पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् ।

नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष दाहाल-माधवकुमार नेपाल बीच चलिरहेको शक्ति संघर्षका कारण राजदुत होउले राष्ट्रपतिसहित नेकपाकै नेताहरुलाई गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेताहरु माधव नेपाल र झलनाथ खनाललाई उनले नेकपामा विवाद बढेपछि भेटघाट गरिसकेकी छन् । अध्यक्ष दाहाललाई राजदुत यान्छीले बिहीबार उनकै निवास खुलमटारमा गएर भेटेको खुलासा भएको हो ।

राजदुत होउ र दाहालबीचको भेटबारे दाहालको सचिवालयले पुष्टि नगरे पनि चिनियाँ दुतावासबाट भेटको जानकारी प्राप्त भएको हो । दुतावासका प्रवक्ता चाङ सीले उक्त भेटवार्तामा दुवै पक्षले साझा विषयमा आफ्ना धाराणहरु आदान-प्रदान गरेको बताए ।

उनले भने, ‘हामी (चीन) नेपाली जनताको चासोलाई ध्यानमा राखेर जहिले पनि नेपालमा राजनीतिकस्थिरता र आर्थिक विकास होस भन्ने चाहन्छौं ।’

राजदुत होउले असार २३ गते पूर्व प्रधानमन्त्री खनालसँग उनकै निवास डल्डुमा पुगेर भेटवार्ता गरेकी थिइन् । यसको दुई दिन आइतबार (असार २१ गते) अर्का पूर्व प्रधानमन्त्री नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेकी थिइन् ।

यी दुई नेतासँग भेटवार्ता गर्नु अघि उनले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् ।

चिनियाँ राजदुतका पछिल्ला ७ भेट : 

पुष्पकमल दाहालसँग असार २५ गते
झलनाथ खनालसँग असार २३ गते
माधव कुमार नेपालसँग असार २१ गते
राष्ट्रपति विद्यादेवी भण्डारीसँग असार १९ गते बेलुका
पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग वैशाख १९ गते
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वैशाख १८ गते

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्