Logo
५ आश्विन २०८१, शनिबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रामक खबरहरु सम्प्रेषण हुनथालेपछि भारतीय न्यूज च्यानलहरु नेपालमा प्रतिबन्ध

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रशारण बन्द गरिएको छ। भ्रामक खबरहरु सम्प्रेषण हुनथालेपछि भारतीय न्यूज च्यानलहरु नेपालमा प्रशारण गर्न प्रतिबन्ध लगाइएको हो ।

डिडि न्यूज बाहेक आजतक, एविपी न्यूज, जी न्यूज, इन्डिया टिभी, ईन्डिया टिभी, लगायतका च्यानलहरुको प्रशारण टेलिभजन सेटमा देखिनै छाडेको हो । तर यसबारे सरकारले आधिकारीक रूपमा पुष्टी गरेको छैन ।

बिहीबारमात्रै सरकारका प्रवक्ता एवं अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले भारतीय मिडियाहरुको अर्नगल प्रचारप्रति औपचारिक प्रतिक्रिया जनाउँदै राजनीतिक र कानूनी उपचार खोज्ने चेतावनी दिएका थिए ।

च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण आजै साँझदेखि बन्द गरेका हुन्।

चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए।

‘हामी अपरेटरहरुले सल्लाह गरेर हाम्रो राष्ट्रियतामा धावा बोल्ने भारतीय समाचार च्यानलको प्रशारण बन्द गरेका हौँ’ शर्माले भने ‘हामीलाई सरकार वा कुनै निकायले निर्देशन वा दवाव दिएको होइन।’

म्याक्सले करिब २० वटा भारतीय च्यानलको प्रशारण रोकेको उनले जानकारी दिए। म्याक्ससहित डिसहोम, मेरो टिभी, नेट टिभी लगायत ८-९ वटा वितरक कम्पनीहरुले भारतीय न्युज च्यानलहरुको प्रशारण बन्द गरेको उनले बताए।

आफूहरुले भारतीय News च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपालविरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणले हेर्न सक्ने भएकाले यस सम्वन्धमा राज्य पनि गम्भीर हुनुपर्ने शर्माकाे भनाई छ।

उनका अनुसार मनोरञ्जन तथा खेलकुदका भारतीय च्यानलको प्रशारण भने यथावत रहनेछ।
करिब सबैजसो च्यानल वितरक कम्पनीहरु भारतीय समाचार च्यानलको प्रशारण रोक्न सहमत भएको उनको भनाइ छ।

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्