Logo
५ आश्विन २०८१, शनिबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरिता गिरीको पक्षमा बोल्दा मोहना अन्सारी विवादमा : आयोगले जनायो आपत्ति

समाजवादी पार्टीले देशहित विपरित लागेको भन्दै आफ्नो पार्टी सदस्य एवं सासद् सरिता गिरीलाई पदमुक्त गरेपछि राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले उनको पक्ष लिर्दै सामाजिक संजालमा अभिव्यक्ती सार्वजनिक गरिन् ।

‘मा. सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निश्कासन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ’ अन्सारीले ट्विटरमा लेखेकी छन्, ‘संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्नु अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरीत रहेकाले निर्णय फिर्ता लिन अनुरोध गर्दछु ।’

अहिले सोही अभिव्यक्ती कै कारण अन्सार विवादमा तानिएकी छन । आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न चेतावनी दिएको छ ।

अन्सारीले गत असार २३ गते सामाजिक सन्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् ।

आयोगका अध्यक्ष अनुपराज शर्माले विहिवार विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सन्जालमा व्यक्त गरेका कुराप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेद्जनक’ तथा ‘कथित् छानविन प्रतिवेदन’ भनेको आयोगले खेद प्रकट गरेको हो ।

विज्ञप्तिमा भनिएको छ–दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।
अन्सारीलाई आयोगले डेढ वर्षअघिनै प्रवक्ताबाट हटाए पनि उनले आफूलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने र आयोगको आधिकारिक धारणा विपरित राजनीतिक वक्तव्य दिने गरेको आरोप छ ।

 

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्