Logo
५ आश्विन २०८१, शनिबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तत: सरिता गिरीको सांसद पद पदमुक्त, संसद सचिवालय दियो जानकारी

संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट गरिएको निष्कासनको सूचना सार्वजनिक गरेको छ।

बिहीबार सूचना टाँस गरी सचिवालयले पार्टीले गरेको कारबाही जानकारीका लागि प्रकाशन गरेको हो।

गिरी समाजवादी पार्टीकी समानुपातिक तर्फकी सांसद हुन्। अघिल्लो महिना भएको संविधान संशोधन विधेयक सम्बन्धमा उनले पार्टी ह्विप उल्लंघन गरेकी थिइन्।

सोही कारण उनलाई पार्टीले सांसद र साधारण सदस्यबाट निष्कासन गरेको थियो। बुधबार मात्रै पार्टीका तर्फबाट संसद सचिवालयमा कारबाहीको पत्र बुझाइएको थियो।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा कारबाहीको सूचना प्राप्त भएपछि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिने र सभाको अधिवेशन चालु नरहेको अवस्थामा त्यस्तो सूचना सम्बन्धित सचिवालयको सूचना पाटीमा टाँस गर्नु पर्ने व्यवस्था छ।

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्