Logo
५ आश्विन २०८१, शनिबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राजदूतको सक्रियता झनै बढ्यो, यान्छीले प्रचण्डलाई पनि भेटिन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनिया राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छिन्।

सत्तारुढ दलभित्रैको विवाद उत्कर्षमा पुगेको बेला यान्छीले बिहीबार बिहान प्रचण्डलाई भेट गरेकी प्रचण्ड निकट स्रोतले जनाएको छ।

पछिल्लो समय नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीले शीर्ष नेतासँगको भेटवार्तालाई तीव्रता दिएकी छिन्। उनले शीर्ष नेताहरुलाई भेटेर दबाब दिने गरेको भन्दै आलोचना भइरहेको छ।

विवाद उत्कर्षमा पुगेर नेकपा विभाजन हुने आशंका बढिरहेका बेला राजदूत यान्छीले भेटेर मिल्नको लागि दबाब दिने गरेको शीर्ष नेता निकटका नेताहरुको भनाइ छ।

यान्छीले नेकपा वरिष्ठ नेता माधव नेपाललाई गत आइतबार भेटेकी थिइन्। अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भने मंगलबार भेट गरेकी थिइन्।

यसअघि पार्टीमा विवाद बढ्दै जाँदा गत वैशाख १९ गते अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताद्वय खनाल र नेपाललाई पनि भेटेर दबाब दिएकी थिइन्। लगत्तै नेकपाको विवाद तत्कालका लागि साम्य भएको थियो।

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्