Logo
५ आश्विन २०८१, शनिबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खस-आर्य कलष्टरबाट सांसद रहेकी सरिता गिरी पदमुक्त, लिला सिटौला सांसद बन्दै

समाजवादी पार्टी नेपालले सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । गिरी पद मुक्त भएसँगै उनको ठाउँमा समाजवादी पार्टीले लिला सिटौंलाई संसद् बनाउने तयारी गरेको छ ।

समाजावदी पार्टीको समानुपातिक खस-आर्य कोटाबाट गिरी सांसद भएकी थिइन् । उनी वैवाहिक अंगीकृत नागरिक हुन् । समाजवादी पार्टीले यसअघि समानुपातीकको बन्द सुचीमा गिरी पछि लिला सिटौंलाको नाम पठाएको थियो । उनी काठमाडौंकी हुन् ।

पार्टी निर्णयअुनसार अब सांसदबाट हटाउनका लागि समाजवादीले संसद सचिवालयलाई पत्र पठाउने र उक्त जानकारी सचिवालयले निर्वाचन आयोगलाई दिएपछि उनी पदमुक्त हुनेछिन् ।

पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई दुवै पदबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

गिरीलाई पार्टीले पदमुक्त किन नगराउने ? भन्दै स्पष्टिकरण सोधेको थियो । गल्ती महुसश गर्नुको साटो उनले पार्टीलाई दोष देखाउँदै १० पेजको स्पष्टिकरण दिएकी थिइन ।

गिरीलाई सुध्रन समय अवधी पार्टीबाट दिर्दै नेता रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले समेत उनलाई स्पष्टीकरण सोधेको थियो ।

तर उनले धम्किपूर्ण भाषामा जवाफ फर्काएपनि कार्यदले कारबाही गर्न दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले कारबाही गरेको हो ।

गिरीले संविधान संशोधन दर्तागरेसँगै पार्टीले उनलाई फिर्ता लिन भनेपनि गिरीले मानेकी थिइन् । उनको संशोधन सभामुखले राष्ट्रहित विपरित रहेको ठहर गर्दै खारेज गरिदिएका थिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन् ।

गिरीलाई सांसद् र पार्टीबाटै पदमुक्त गराउनुपर्ने जनदबाव पछिल्लो समय बढेपछि समाजवादीले महासचिव यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

 

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्