Logo
१७ कार्तिक २०८१, शनिबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राजदुतको सक्रियता : झलनाथ खनालसँग पौने घन्टा कुराकानी

काठमाडौं : नेपालको राजनितिमा चिनियाँ राजदुतको सक्रियता बढेको पाईएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएका बेला उत्तरी छिमेक चीनकी नेपालस्थित राजदूतको सक्रियता बढेको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएकी छन्। दुई दिनअघि बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेकी राजदूत यान्छीले मंगलबार अर्का बरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्।

स्रोतका अनुसार खनाललाई भेट्न राजदूत यान्छी उनको डल्लुस्थित निवासमा पुगेकी थिइन्। उनीहरूबीच बिहान ९ देखि पौने १० बजेसम्म कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

 

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्