गंगालालमा उपचार गराईहेका ७ जना बिरामीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द
काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण देखिएको छ ।
उपचारका लागि भर्ना भएका सात जनामा सोमबार साँझ कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएसँगै आजबाट केन्द्रको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
अस्पतालमा थप सतर्कता अपाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको जानकारी दिनुभयो ।
उपत्यकामा मात्र हिजो ५४ जनामा कोरोना संक्रमण देखिएको जनसंंख्या स्वास्थ्य मन्त्रालयले जनाएको छ ।