Logo
५ आश्विन २०८१, शनिबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच महीनादेखि बन्द रसुवागढी नाकाबाट चीनले समान पठाउन थाल्यो

विगत ५ महीनादेखि ठप्प चीनतर्फको रसुवागढी नाका सञ्चालन आएको छ । चिनियाँ मालबाहक गाडीले विद्युतिय उपकरण, लत्ताकपडाजस्ता समान मितेरी पुलमा ल्याईदिएको र उक्त समान नेपाली ट्रकमा लोड भएको हो ।

चीनतर्फबाट तीनओटा मालबाहक ट्रकमा करोडौंको समान आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए । उनका अनुसार नेपालतर्फ गएका ६ ओटा ट्रकमा ती समान लोड भैसकेको छ । व्यवसायीले भन्सार बिन्दुमा स्वघोषणा गरेपछि २ दिन भित्रमा समान जाँचपास र नियमपूर्वक समान भन्सारबाट छुट्ने उनको भनाइ छ ।

‘नाका अब निर्बाध रुपमा सुचारुमा आएको छ, भन्सार प्रशासनमा कुनै ढिलासुस्ती नगरी नाकालाई निर्वाध संचालनमा ल्याउनेछौं,’ खड्काले बताए । केरुङमा करोडौं रुपैयाँको मालसामान लोड भएर अड्किएका ३०० गाडी छुटाउने पहिलो चरणमै भन्सारले सहयोग गर्ने उनको भनाइ छ ।

लामोसमयदेखि बन्द नाका खुलाउनेबारे यसअघि चीन र नेपालका अधिकारीहरुबीच तार्किक छलफल भएको थियो । नेपालले चीनतर्फ १० जना ड्राइभर र १५ जना कामदार तत्काललाई क्वारेन्टाइनमा राखिएको, उनीहरू ओहोरदोहोर गर्न नपाउने समझदारी भएअनुसार नै कोरोनाको नियम पालना गरेर नाका सुचारुमा आएको भन्सार कार्यालयका अधिकारीहरुको भनाई छ ।

चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिनेछ । सो नाकाबाट दैनिक ५० मालवाहक गाडी भित्राउने सरकारी तयारी छ ।
लामो समयदेखि चीनतर्फको उक्त नाका बन्द हुँदा केही स्वास्थ्य सामग्री सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट आइरहेको थियो । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर रहेको छ ।

नाका लामोसमय बन्द हुन्दा दैनिक करोडौं राजस्व संकलन हुने रसुवा भन्सार कार्यालयको चैत, वैशाख र जेठ महिनाको राजस्व संकलन शून्य भएको थियो । रसुवागढी नाकाबाट समान भित्र्याउने थालिएपनि सर्वसाधारण आवतजावतमा भने गर्न पाएका छैनन ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्