नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच बालुवाटारमा एकलाएक्लै छलफल
काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।
भेटमा नेकपा अध्यक्ष दाहालले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेकोसमेत बताउएका थिए । दोश्रो तहका नेताहरूभन्दा पनि आवश्यक परे वरिष्ठ नेतालाई बैठक राख्न जरूरी रहेको दाहालको भनाइ थियो ।
उनले वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नु पर्ने समेत बताएका छन् । यसअघि हिजोको भेटमा दुवै पक्षका केही नेताहरूलाई राखेर अनौपचारिक कार्यदल बनाइएको बालुवाटारले बताएको थियो ।