Logo
१४ मंसिर २०८१, शुक्रबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो, ६४ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको बताइएको छ । यहाँ गएको २४ घन्टायता मात्र २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

त्यस्तै २४ घन्टायताका घटनाको अध्ययन गर्दा यहाँ ६०२ जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार यहाँ मृत्यु हुने व्यक्तिको संख्या ६४ हजार ८६७ जना पुगेको छ ।

गएको शनिबारमात्र ब्राजिलले ३८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । त्यसैगरी सोही दिन कोरोना भाइरसबाट एक हजारभन्दा बढीको ज्यान गएको बताइएको थियो ।

गएको हप्ता दिन यता ब्राजिलमा कोरोना भााइरसबाट हरेक दिन एक हजारभन्दा बढीको ज्यान गएको देखिएको छ भने ठूलो संख्यामा संक्रमितहरु पनि थपिँदै गएका छन् ।

ब्राजिल कोरोना भाइरसबाट नागरिकको ज्यान जानेमा विश्वको सबैभन्दा दोस्रो ठूलो देश बनेको छ । यहाँ संक्रमण बढ्दो रुपमा देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा अहिलेसम्म यस संक्रमणबाट १ लाख २९ हजार ८०० जनाको ज्यान गएको छ । विश्वका सबैभन्दा बढी

कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा अहिलेसम्म २८ लाखभन्दा पनि बढी नागरिक संक्रमित हुन पुगेका बताइएको छ ।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्