ढलमा भेटिएको कोरोना मानिसमा सर्ने प्रमाण छैन : स्वास्थ्य मन्त्रालय
ढलमा भेटिएको कोरोनाभाइरस मानिसमा सर्ने कुनैपनि प्रमाण नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विश्वका विभिन्न ठाउँमा भएको अध्ययनले ढलमा कोरोना भाइरस भेटिए पनि त्यो मानिसमा खालको नदेखिएको बताएका छन् ।
काठमाडौँका दुई स्थानका ढलमा कोरोनाभाइरस भेटिएको थियो ।
त्यस्तै, प्रवक्ता गौतमले अस्पतालबाट निस्किएको पानीमा पनि कोरोनाभाइरस भेटिने बताउँदै त्यस्तो भाइरस २ दिन बाँचे पनि मानिसमा सर्ने सम्भावना भने कम रहेको बताएका छन् ।
ढलमा कोरोना देखियो भन्दैमा समुदायमा कोरोना फैलिएको भन्न नमिल्ने गौतम बताउँछन् । कस्ता भाइरस ढलमा भेटिएका हुन् भन्नेबारे मन्त्रालयले थप अनुसन्धान गर्ने बताएका छन् ।
उनले सबैमा ढलमा कोरोना देखियो भन्दैमा नडराउन आम नागरिकलाई अपिल गरेका छन् ।