Logo
५ आश्विन २०८१, शनिबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनको तयारीमा ओली लागेको भन्दै प्रचण्ड संशकित

सत्तारुढ दल नेकपा भित्र शक्तिसंघर्ष चर्किरहेको बेला एकै दिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपती विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेट गरेका छन ।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक गतिरोध र संसद् अधिवेशन अत्यको जानकारी दिन राष्ट्रपतीलाई भेटे भने प्रचण्डले स्थायी समितिको बैठक बस्न लागेकै बेला शितलनिबासमा पुगेर राष्ट्रपतिलाई भेटे ।

भेटमा उनले संसद् विघटनको संघारमा कतै ओली लागेको त होइन भन्ने चासो व्यक्त गरेका थिए । राष्ट्रपतीले अहिले त्यस्तो अवस्था नरहेको बताएको प्रचण्ड निकट स्रोतले बतायो । बिहीबारको मन्त्रिपरिषद बैठक संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको आशंका गरिएको छ ।

प्रचण्डले राष्ट्रपतिलाई भेटेर पार्टी एकतालाई नै असर पर्नेखालको अध्यादेश आएमा तत्काल स्वीकृत नगर्न आग्रह गरेको स्रोतले बतायो । त्यस्तो अध्यादेश आफूसमक्ष आइनपुगेको राष्ट्रपतिले प्रचण्डलाई बताएकी थिइन् । प्रचण्डले राष्ट्रपतिलाई अस्ति पनि हतार–हतार अध्यादेश जारी गरेर अप्ठ्यारो परेको भन्दै देखिने गरी कसैको पक्षधरता नलिने र तटस्थ भूमिकामा बस्न आग्रह गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले विहीबार पार्टीलाई मात्रै अटेर गरेनन्, संसदीय मूल्य मान्यतामाथि पनि प्रहार गर्ने काम गरे । संसद अधिवेशनको अन्त्य गर्नेबेलामा राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखसँग परामर्श गरेर निर्णय लिने संसदीय परम्परा रहँदै आएको छ । तर, प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई थाहै दिई संसद अधिवेशन अन्त्यको निर्णय गरेका छन् । प्रधनमन्त्रीको यस्तो कदमप्रति विपक्षी नेपाली कांग्रेससमेत असन्तुष्ट बनेको छ ।

प्रधानमन्त्री ओलीले संसदलाई जानकारी नै नदिई संसद अधिवेशेन अन्त्यको निर्णय गरिरहँदा सभामुख सापकोटाचाहिँ निजामति कर्मचारीसम्बन्धी विधेयकबारे कर्मचारीका नेताहरुबाट ज्ञापनपत्र बुझ्न व्यस्त थिए ।

सभामुख सापकोटाले कर्मचारीका मागहरुबारे छलफल गर्न सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई बोलाएका थिए । तर, त्यहीबेला सभामुखले समेत पूर्वजानकारी नपाई संसद बैठक स्थगन भएको सूचना बाहिर आएको थियो ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्