Logo
२३ कार्तिक २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा विवाद : आवश्यक परे सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओली समूहको तयारी

सत्तारुढ दल नोपल कम्युनिष्ट पार्टी नेकपा भित्र चर्किरहेको विवादका बीच अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समुहले आवश्यक परे सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने तयारी थालेको खबर छ ।

स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रचण्ड-माधव समूहलाई प्रस्ताव समेत पठाई सकिएको छ । सकेसम्म ओलीलाई टिकाउन प्रयास गरिने तर त्यस्तै अवस्था आए नेम्वाङलाई अगाडी बढाउने तयारी रहेका बुझिएको छ ।

तर, यो विषयमा बुझ्दा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू प्रधानमन्त्री बन्ने कुनै सम्भावना नरहेको बताए। उनले भने, ‘अहिले अवस्था र व्यवस्थाअनुसार ओली नै अध्यक्ष र प्रधानमन्त्री रहनुहुन्छ।’

नेकपामा प्रचण्ड-माधव समूहले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्न भनेको छ। जारी स्थायी कमिटीमा ओलीको राजीनामा मागिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्