प्रधानमन्त्रीकै निकटतमहरुद्वारा आयोगमा ‘नेकपा एमाले’ दर्ता गर्न निवेदन परेको खुलासा !
निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताको लागि परेको निवेदनमा रहेका नामावली सुचिमा प्रधानमन्त्रीकै निकटतमहरु देखिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै निकटतम् कार्यकर्ताहरुले ‘नेकपा एमाले’ नामको पार्टी दर्ताको लागि निवेदन दिन निर्वाचन आयोग पुगेको खुलासा भएको हो ।
नेकपा एमाले दर्ताका लागि निवेदन दिनेहरु ओलीकै निकटतम रहेको खुलेको छ । समाजिक संजालमा यतिबेला प्रधानमन्त्रीसँग खिचिएको उनीहरुको फोटो समेत भाइरल भइरहेको छ ।
अध्यतामा सन्ध्या तिवारी, चुनावचिन्ह-उदाउँदो सुर्य
प्रदेश १ स्थित मोरङको विराटनगर महानगरपालिका ६ की सन्ध्या तिवारीको अध्यक्षतामा गत आइतबार निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) नामको पार्टी दर्ताको निवेदन परेको थियो ।
आयोगमा झण्डासहित दलको विधान, नियमावली, घोषणापत्रलगायत विवरणसहित निवेदन दिइएको थियो । निर्वाचन आयोगमा दल दर्ताको लागि दिइएको निवेदनमा आफ्नो छापमा डाँडामा उदाउँदो सुर्य राखिएको छ ।
सन्ध्या तिवारी ओलीको खास व्यक्ति हुन् । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग सन्ध्या तिवारी र जयाराम रावत गत दशैंमा ओलीलाई भेट्न वालुवाटार पुगेका थिए ।
यी हुन् २१ पदाधिकारी :
सन्ध्या तिवारी-अध्यक्ष
भगवती खड्का-उपाध्यक्ष
मनिष उपाध्याय-महासचिव
अस्मिता सुनार
दावा लामा
जयाराम रावत
खगेन्द्रप्रसाद भुसाल
हिराबहादुर बोहरा
राधा पुरी
तारादेवी शाही
पवन बिष्ट
निलम पोखरेल
किरण लामिछाने
उमेश महतो
उशाकुमारी झा
प्रदीपराज गिरि
पूर्णिमा तामाङ
निश्चल बस्नेत
सञ्जिव विष्ट
विनिता कार्की
विमला बिष्ट
मंगलबारको स्थायी समिति बैठकमा आकस्मिक भित्रिएको एमाले दल दर्ताको विषयमा धेरै नेताहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपि शर्मा ओलीप्रति प्रश्न उठाएका छन् ।
मंगलबारको स्थायी समिति बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले ओलीकै योजनामा पार्टी दर्ता भएको भन्दै जवाफको माग समेत गरेका थिए ।
नेकपाभित्र ओलीले पार्टी फुटाउन पूर्व एमाले नामको दल दर्ता गराएको धेरैको बुझाई छ । जसबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरण दिनसमेत माग गरेका छन् ।