Logo
५ आश्विन २०८१, शनिबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गंगालालमा नियमित स्वास्थ्य परीक्षण गराएर प्रधानमन्‍त्री बालुवाटारमा फर्किए

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण गराएर प्रधानमन्त्री केपी ओली बुधबार दिउँसो निवास फर्किएका छन्।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओली मुटु सम्बन्धी नियमित परीक्षणका लागि अस्पताल पुगेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली अत्यावश्यक परीक्षणका लागि अस्पताल गएका हुन्।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि सहिद हृदय केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नु भएको छ’, प्रेस सल्लाहकार थापाले भने।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्