गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो समयमा गण्डकी प्रदेशमा कोरोना संक्रमण एकदमै रफतारमा फैलिरहेको आवस्थामा आज थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन । नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका एक, एक जना रहेका छन् ।
नयाँ थपिनेमा ९ जना महिला रहेका छन् । सङ्क्रमितमध्ये केहीलाई आईसोलेशनमा राखिसकिएको र केहीलाई लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ९४ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।