Logo
२३ कार्तिक २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा मागेपछि प्रधानमन्त्री ओली मन्त्रीहरुसँग छलफलमा

पार्टी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुसँग बालुवाटारमा परामर्शमा जुटेका छन् ।

उनले अहिले मन्त्रीहरुसँग बालुवाटारमा छलफल गर्दै छन् । हिजो पार्टीको स्थायी कमिटी बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग परामर्श गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै चलाउन असफल भएको भन्दै हिजो बैठकमा शीर्षसहित अरु धेरै नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्रीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।केही दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताए थिए ।

हिजोको बैठकमा कोरोना भाइरसविरुद्ध सरकारले गरेका काम र सीमा अतिक्रमणको विषयमा बोल्ने कार्यसूची रहे पनि त्यो विषयमा छलफल हुन सकेन । स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्