बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक : सरकारको कामका विषयमा समिक्षा हुने
नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीको पाँचौं बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीपनि सहभागी भएका छन् ।
आजको बैठकमा सरकारको कामका विषयमा समिक्षा हुने बताईएको छ । जारी बैठकमा एमसीसी सम्झौता, नागरिकता विधेयक, रुकुम घटना, संघीय संसदका सदस्यहरूको भत्ताका विषयमा पनि छलफ हुने भन्दै यसअघि नै बैठकका एजेण्डा सार्वजनिक गरिएको छ ।
गत बुधबारदेखि सुरु भएको बैठकको दोस्रो दिन शुक्रबार प्रधानमन्त्री ओली उपस्थित् भएका थिएनन् । शनिबार पनि ओली १५ मिनेट उपस्थित् भएर बाहिरिएका थिए ।
यसअघिका तीन दिनका बैठकमा स्थायी कमिटी सदस्यहरुले सिमा विवाद समाधानबारे आ-आफ्नो धारणा राखेका थिए ।