Logo
५ आश्विन २०८१, शनिबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतीलाई भेटेर प्रधानमन्त्री नेकपा स्थायि कमिटी बैठकमा सहभागी

राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् ।

उनी फर्किए लगत्तै सरकारका कामकारबाही, नागरिकता विधेयक, एमसीसी, पार्टी भित्रको असन्तुष्टीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक चलिरहेको छ ।

बैठक सुरु हुनुअघि ओली राष्ट्रपतिलाई भेट्न गएकाले बैठकमा ढिलाई भएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली नै बैठक स्थलमा सहभागी नभएपछि ११ बजेका लागि बोलाइएको बैठक बस्न सकेको थिएन ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित माधव नेपाल, झलनाथ खनाल सहितका नेताहरु भने पहिल्यै बालुवाटार पुगिसकेका थिए ।

बुधबार नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सुरु भएको बैठक शुक्रबार र शनिबार बसिसकेको छ ।

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्