Logo
९ मंसिर २०८१, आईतबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टी

पछिल्लो समयमा गण्डकी प्रदेश पनि कोरोना ग्रस्त क्षेत्र बन्दै गइरहेको छ सो अवस्थामा आज थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् ।

कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका हुन् । सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिए   ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् ।गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्