Logo
५ आश्विन २०८१, शनिबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीबारे छिटो निर्णय लिन नेपाललाई दबाव

एमसीसीबारे छिटो निर्णय लिन नेपाललाई दबाव पर्न थालेको छ । संयुक्त राज्य अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय हो भन्दै यो कोषको रकम नेपाललाई सधैं उपलब्ध नहुने चेतावनी दिएको छ ।

एमसीसी नेपालको संसदबाट अहिलेसम्म अनुमोदन नभएको बारेमा अमेरिका जानकार रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले ५० करोड डलर अनुदान पाउने पहिलो कदम संसदबाट अनुमोदन नै भएको दोहोर्‍याएको छ ।

अनुदानमा ढिलाइ हुँदा २ करोड ३० लाख नेपालीलाई थप रोजगारी र आर्थिक वृद्धिको फाइदा दिलाउन ढलाइ गर्नु भएको पनि अमेरिकाले बताएको छ । ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन ।यो कार्यक्रमको व्यवहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्