आज दही चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवस मनाइदैँ
आज असार १५ यसदिनलाई दही चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको रुममा मनाइदैँ छ ।
‘नेपाल कुषि प्रधान देश हो यहाँ कृषिलाई प्राथमिकता दिइएको छ त्यस मध्ये धान खेति पनि एक हो र नेपालमा धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्तसव गरिंदैछ ।
२०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउन थालेको हो । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् ।असारे रोपाइँमा खेतमा धान रोपेर वा नरोपी सबैले दही चिउरा खाएर असार १५ मनाउँने गर्छन्।
मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै, पानीसँग पौठेजोरी खोज्दै, असारे भाकाको गीत गाउदै खेतमा बसेर खाजा खादै, खाजा खाने समयमा दही चिउरा खाएर रमाइलो गर्ने पुरानो परम्परा छ ।
रोपाइको दिनमा खेतका मालिकहरु पनि खेतमा आई खेतलासंग हिलोमा रमाउने गर्छन् । स्वास्थ्यको दृष्टिकोणले दही र चिउरा शरीरमा ऊर्जा र शीतलता दिनुको साथै पाचन प्रणालीका लागि निकै उत्तम खाद्य पदार्थ हो ।
यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ ।
खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । यसवर्ष असार १५ अघि नै २० प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ ।