Logo
५ आश्विन २०८१, शनिबार
(June 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई आफ्नै पार्टी बाहेक अरुले हटाउन सक्दैन : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने संविधानमा व्यवस्था नभएको बताएका छन्।

आइतबार प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी भएपछि दिल्ली शक्तिले आफूलाई हटाउन खाजेको अभिव्यक्ति दिएलगत्तै नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो जवाफ दिएका हुन्।

‘बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।’ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले भने‚ ‘तर अहिले हटाए नक्सा छापेको करणले हुने? भोलि सलहले दुःख दिएको बेला हुने? पछि बाढी पहिरो आएको बेला हुने? अलिपछि दशैं तिहारको बेला हुने? अनि जाडोको बेला हुने?’ उचित बेला चाही कैले रहेछ हँ?’ भन्दै भट्टराईले प्रधानमन्त्री ओलीप्रति व्यंग्य गरेका छन्।

प्रकाशित मिति: Jun 28, 2020

प्रतिक्रिया दिनुहोस्