Logo
१० माघ २०८१, बिहीबार
(June 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतको स्पष्टीकरण : ‘कैलास महतो खतरनाक जासूस हुन्’

जनमत पार्टीका अध्यक्ष सिके राउतले हालै पार्टी परित्याग गरेका कैलाश महतो खतरनाक जासूस भएको बताएका छन् । राउतले उनी पार्टी छाडेर राम्रो नै भएको प्रतिक्रिया दिएका छन् ।

पश्चिम नवलपरासीको परासीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा कैलाश महतोसहित उनीहरुले पार्टी परित्याग गरेको घोषणा थिए ।

राउतले दिएको स्पष्टीकरण जस्ताको त्यस्तै :

खतरनाक #जासूस र #घूसपैठियाहरु गएकै बेस। यिनीहरूलाई कतै कुनै ठाउँ नदिन र सावधान हुन कार्यकर्ताहरूमा अनुरोध ! आफू पनि बचौं, अरूलाई पनि बचाऔं (डा. सी. के. राउतको सचिवालयको #स्पष्टीकरण)

  • कैलाश महतोले ९० जना हाम्रा नेतालाई भारतमा #पक्राऊ गराउनेवाला थिए। त्यही दिनदेखि घूसपैठ गरिएको पहिचान भएर आन्तरिक रूपमा उनलाई कहिले ‘कोरटीम’मा राखिएको थिएन।
  • २०७४ सालमा गठबन्धनमाथि लगभग पूर्ण प्रतिबन्ध लागेको थियो। सरकारले बैठकसम्म बस्न दिइराखेको थिएन। दुई वर्ष हुन लागेको थियो बैठक न बसेको। अन्तिममा केन्द्रिय नेताहरूले जसरी पनि बोर्डर क्रस गर्ने, भारतमा तीर्थयात्राको लागि बिहारको ‘गया’ जाने र चलिराखेको रिजर्वड बस वा धर्मशाला भित्रै राष्ट्रिय परिषद्को बैठक गोप्य तरिकाले गर्ने योजना थियो। तर ४-५ जना नेतामा मात्र सिमित रहेको त्यो अतिगोप्य र संवेदनशील सूचना २-३ दिनमै #दरभंगामा रहेको #भारतीय #एजेन्टलाई #कैलाश महतोले भेटेर सशस्त्रको “नक्सलवादी” समूहको आरोपमा भारतबाटै गठबन्धनका ८०-९० जना सबै नेतालाई #पक्राऊ गराउने योजना बनायो। तपाईंलाई पत्यार छैन भने कैलाश महतोको २०७४ सालको कल डिटेल्स निकालेर हेर्नुस्। यही कारणले डा. साहबले बरू नेपालमा जेल जान रोजे, तर भारतमा गएर कुनै बैठक वा गतिविधी गरेनन्। सो कुराको सूइंको पाए पछि डा. साहबले अन्तिम समयमा भारतमा हुने भनिएको त्यो बैठकनै स्थगित गरेको थियो। त्यो राष्ट्रिय परिषद्को बैठक नै हुन सकेन। पछि २०७४ सालको अन्तिममा चैत १-२ गते अति नै गोप्य तरीकाले राष्ट्रिय परिषद् सिरहामा गरिएको थियो, जहाँ सहभागीहरूलाई बैठक कुन शहरमा हुने ठाउँको पतो पनि नदिएर २०-३० किलोमीटर पर नै मोबाइल र सरसामान खोसेर गोप्य तरीकाले ल्याइएको थियो। ट्रेस हुन नदिन मोबाइल पनि संकलन गरेर अर्कै जिल्लामा राखिएको थियो।
  • संगठनमा घूसपैठ गरेर यो षडयन्त्र रच्ने र सशस्त्र समूहसँग जोडिदिने त्यतिबेलापनि केही व्यक्तिहरूको पर्दाफाश भएको थियो र अझै पनि केही व्यक्तिहरू पर्दापछाडि नै छन्। तिनीहरूको रहस्य पनि उद्घाटन आफैं हुँदै जानेछ। हेर्दै जानुस्।
  • २०७१ सालमा जतिबेला डा. साहब जेलमा हुनुहुन्थ्यो, त्यतिबेला कैलाश महतो कहिले मातृका यादव समूह त कहिले तमरा अभियान चहार्दै हुनुहुन्थ्यो। पछि जेलबाटै पद दिए पछि मात्रै लागेको हो। एमाले, फोरम, सद्भावना सबै हुँदै कुन पार्टी जान छोड़को छ ?
  • गठबन्धन जतिबेला फिल्डमा बेस्सरी मेहनत गर्दैथियो, त्यतिबेला २०७० सालमा कैलाश महतो विदेशी शक्तिबाट ५ लाख लिएर चुनाव लडेका थिए।
  • केन्द्रिय समितिको #निर्णयको #फोटो #खिंचेर विरोधी पार्टीहरूसँग सांठगांठ गरी निर्वाचनको समयमा त्यसलाई #कुप्रचार गर्न लगाएर निर्वाचनमा हराउने प्रपञ्च गरेको यिनकै धूसपैठिया टीम र यही केन्द्रिय सदस्यहरूले गरेको थियो।
  • काठमाडौंमा २०७६ साल #मंसीर ७ गते #आमसभा हुन नदिन अनेकौं षडयन्त्रहरू गरेको थियो। केही स्वयंसेवकहरूले उनको फोन रेकर्डिंग नै दिन सक्छन्।
  • गठबन्धनका गोप्य जानकारीहरू #दूताबासमा बुझाउँदै आएको। सो विषयमा स्पष्टीकरण माग्दा, हैन मेरो छोरालाई जसरी पनि दूताबासको #स्कलरशीपमा पठाउनु छ, त्यही भएर मैले सूचना दिएको हो, भनेर सीधै भनेको।
  • जुन ११-बूँदे सम्झौताको विरोधको बहाना अहिले बनाएको छ, त्यसको कतिवटा बूँदाहरू यिनले आफैं ड्राफ्ट गरेका हुन् । हस्तलिखित रुपमै त्यसको प्रतिलिपी उपलब्ध छ। त्यससँग असंतुष्टि भए त त्यतिबेलै छोड्नुपर्थ्यो। तर यो सब दिग्भ्रमित गर्ने बहाना मात्रै हो।
  • खास कुरा अहिले आन्दोलनमा ‘जनमत पार्टी’ ले हरेक ठाउँमा ‘लीड’ लिई राख्दा विरोधी पार्टीहरुसँग पैसा लिई सांठगांठ गरेर आन्दोलन तुहाउन सामूहिक राजीनामाको मंचन गरेका हुन्।
  • यथार्थमा यिनीहरू संगठनमा निष्क्रिय नै छन्, त्यसैले संगठनलाई कुनै फरक पर्दैन। खाली हरेक ठाउँका नेता कार्यकर्ताहरू यस्ता खतरनाक घूसपैठिया र जाूससहरूसँग सावधान हुन र संगठनलाई #दुरुपयोग गर्न कुनै ठाउँ न दिन अनुरोध छ।
  • धैर्य गरौं। सत्यमा अडिग रहौं। विरोधी पार्टीले अझै पनि कतिलाई घूसपैठ गराएको छ। यी घूसपैठियाहरू आफैं नाङ्गिनेछन्। इतिहासले सबै कुरा स्पष्ट पार्नेछ। खाली सावधान रहौं।

सत्यमेव जयते!
जय मधेश, जय स्वराज, जय जनमत !

प्रकाशित मिति: Jun 28, 2020

प्रतिक्रिया दिनुहोस्