सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १६ सम्मका लागि स्थगित
प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो दिनको बैठक सकिएको छ।
अब अर्को बैठक असार १६ गते मंगलबार बिहान ११ बजे बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। शनिबारको बैठक पनि भारतसँगको सीमा विवादको विषयमा केन्द्रित भएको प्रवक्ता श्रेष्ठले बताए।
आजको बैठकमा नेकपाका २१ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेको छन्। आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएपनि केहीबेरमै बाहिरिएका थिए।
बैठक बुधबारबाट सुरु भएको हो। श्रेष्ठका अनुसार आगामी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको कामकारबाहीको विषयमा छलफल हुनेछ।