नेपालमा हुलका हुल ‘सलह’ भित्रियो, बाली जोगाउनै किसानलाई मुस्किल [हेर्नुस् भिडियो]
नेपालमा सलह किरा भित्रिएको छ । बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह रूपन्देही पसेको छ । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।
‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने ।
दुवै जिल्लामा प्राविधिकसहितकाे टाेली परिचालन भइसकेकाे प्रवक्ता डा.केसीले बताए । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।
प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह कीरा आएको बताए । स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए ।
‘अहिलेसम्म समूहमा छैन फाट्टफूट्ट आएको छ,’ उनले भने, ‘कीट विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ ।’
हेर्नुस् भिडियो :