Logo
२३ कार्तिक २०८१, शुक्रबार
(June 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा नेकपा बैठकको तेस्रो दिन : प्रधानमन्त्री आए तर एकैछिनमा बाहिरिए

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको नेकपा स्थायी कमिटीको बैठक शनिबार तेस्रो दिन पनि जारी रहेको छ ।

शुक्रबार अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएपनि शनिबारको बैठकमा भने उनी केहीबेर उपस्थित भए त भए तर, एकैछिनमा बाहिरिए ।

अर्का अध्यक्ष प्रचण्डले अध्यक्षता गरिरहेको हुँदा बैठकमा पूरै समय आफ्नो उपस्थिति जरुरी नहुने र प्रधानमन्त्रीको हैसियतले अरु पनि कामहरु भएको प्रधानमन्त्रीले स्पष्टीकरण दिएको बालुवाटार स्रोतले बतायो ।

तेस्रो दिन शनिबार ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक साढे ११ बजेतिर सुरु भएको थियो । बैठकमा उपस्थित भएका प्रधानमन्त्री १२ नबज्दै बाहिरिएको स्रोतले बतायो ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर आक्रोश पोख्दै कतिपय नेताहरुले बालुवाटारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा सार्न मागसमेत गरेका थिए ।

नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बुधबारदेखि सुरु भएको हो । सुरुको दिन बैठकलाई सम्वोधन गरेका प्रधानमन्त्री ओली शुक्रबारको दोस्रो बैठकमा सहभागी भएनन् ।

प्रकाशित मिति: Jun 27, 2020

प्रतिक्रिया दिनुहोस्