Logo
२३ कार्तिक २०८१, शुक्रबार
(June 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी

नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ ।

गत बुधबारदेखि सुरू बैठकमा आज स्थायी कमिटी सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन् । बुधबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

बैठकको सुरुवाती दिनमै शीर्ष नेताहरुबीच चर्काचर्की परेको थियो । सरकारको काम प्रभावकारी भएन भन्ने नेताहरुको गुनासो छ । तर, प्रधानमन्त्री तथा अध्यक्ष ओली भने सरकारले अप्ठ्यारो परिस्थितिका बावजुदपनि धेरै राम्रा काम गरेको दाबी गरेका छन् ।

बरिष्ठ नेता माधव कुमार नेपालले सरकारले केरकति राम्रा काम गरेको छ रु भनेर हेर्नका लागि ‘ग्राउण्ड’ मा जान समेत प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

नेकपाको स्थायी कमिटीको यो पाँचौ बैठक हो । बैठकमा सरकार र पार्टीको कामको समिक्षा, एमसीसी, कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा, नेपालको सिमा समस्या र समाधानको सम्बन्धमा, पार्टी एकताका बाँकी कामहरु र विविध एजेण्डामा छलफल हुने जनाईएको छ ।

विविधमा रुकुमपश्चिम सोती घट्ना र नागरिक विद्येयकका सम्बन्धमा छलफल हुने जनाईएको छ ।

प्रकाशित मिति: Jun 26, 2020

प्रतिक्रिया दिनुहोस्