शुक्रबार गुल्मीमा थप १२ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण तिब्र बढीरहेको अवस्थामा आज शुक्रबार गुल्मीमा नयाँ १२ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । जिल्लाको इस्मा गाउँपालिकाका ४ जना, धुर्कोट गाउँपालिकाका ५ जना, र रुरु क्षेत्र गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित मध्ये दुई जना महिला रहेका छन भने अन्य सबै पुरुषहरु हुन । २० देखि ३५ बर्ष उमेर समुहका उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भईरहेको जनाइएको छ ।