Logo
२३ कार्तिक २०८१, शुक्रबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारसम्बन्धि विधेयक तत्काल अघि नबढाउन सरकारलाई दबाव

अख्तियारसम्बन्धि विधेयक तत्काल अघि नबढाउन सरकारलाई दबाव परेको छ । निजी क्षेत्रले दबाव प्रधानमन्त्री केपी ओलीसहित प्रमुख शीर्षस्थ नेताहरुलाई भेटेर अघि नबढाउन दबाव दिएका हुन ।

त्यसैको परिणाम स्वरुप नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकले अख्तियारको अधिकार बढाउने विधेयकलाई अगाडि नबढाउने निर्णय गरेको छ । नेकपाको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विधेयक अगाडि नबढाउने निर्णय भएको जानकारी बैठकमा दिएका थिए ।

सरकारको नेतृत्व गरेको दलले नै विधेयक अगाडि नबढाउने निर्णय भएपछि विधेयकमा लेखिएको निजी क्षेत्रको अनुगमन र नियमन अख्तियारले गर्ने विषय नआउने भएको छ ।

राष्ट्रियसभाको विधायन समितिबाट पारित भएको अख्तियार संसोधन विधेयकमा सो कुरा राखिएको थियो ।

जसका निजी क्षेत्रले विरोध गरेको थियो । विधेयकमा सरकारको आंशिक स्वामित्व भएका निजी कम्पनीलाई समेत अख्तियारको दायरामा ल्याइएको थियो भने सार्वजनिक संस्थाको व्याख्या गर्ने अधिकार सरकारलाई छाडिएको थियो ।

मंगलबार नै राष्ट्रियसभाबाट विधेयक पारित हुने कार्यसूचि थियो । प्रतिपक्षी कांग्रेस समय माग गरेको कारण कार्यसूचिबाट हटेको थियो ।

नेकपाले नै विधेयकमा राखिएको व्यवस्था हटाउने निर्णय गरेसँगै विधेयकमा सो व्यवस्था संसोधन हुने छ ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्